• २ असोज २०८३, शुक्रबार
  • ५ः२० बिहान

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०१:३९

१२ चैत्र २०७९, काठमाडौँ: लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट नियुक्त भएका मन्त्रीहरूले आइतबार राजीनामा दिएका छन्। संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महरा र भौतिक पूर्वाधारमन्त्री इन्द्रजीत थारुले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन्। बिनाविभागीय मन्त्री चयन भइ पदभार ग्रहण नगरेकी माओवादीकी कृष्णा केसी पनि सरकारबाट बाहिरिएकी छिन्।

National Life

माओवादीका मन्त्रीहरूले राजीनामा दिएको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। राजीनामापश्चात् कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्।


एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए । माओवादी सरकारबाट बाहिरिए सँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।मुख्यमन्त्री गिरी‍ले गत माघ ५ गते माओवादी केन्द्र, जसपा र जनमत पार्टीलगायतका दलको समर्थनमा विश्वासको मत पाएका थिए। यता, जनमत पार्टीबाट समाजिक विकासमन्त्री बनेका‍ चन्द्रकेश गुप्ताले पनि राजीनामा बुझाएका छन्।

प्रतिकृया