• ११ असोज २०८३, आइतबार
  • ११ः४६ बिहान

कोशी प्रदेश सरकार एमाले नेतृत्वमा कायम रहन्छः अध्यक्ष ओली

प्रकाशित मिति

२०७९ चैत्र १० गते, शुक्रबार ०५:५२

१० चैत्र २०७९, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकार एमालेले टिकाउने दावी गरेका छन् । शुक्रबार झापामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अन्य प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलेपनि कोशी प्रदेशको सरकार टिक्ने बताएका हुन् ।

National Life

‘कोशी प्रदेशको सरकार हामी टिकाउछौ । यो सरकार टिकाउने मुख्य कुरा के हो भने राप्रपा’, अध्यक्ष ओलीले भने, ‘हामीसँग ४० सिट छ, राप्रपासँग ६ वटा छ । एउटा हामी खोज्छौ । किनभने ६ वटा राप्रपाले हामीलाई साथ दिन्छ भन्ने आधारमा ।’ अध्यक्ष ओलीले राप्रपालाई एमालेले भोट नदिएको भए कांग्रेसको बढि सिट हुने भन्दै कहिलेकाहीँ प्रमुख विरोधीलाई कमजोर पार्न कमजोरलाई भोट हाल्नुपर्ने अवस्था आउने बताए ।


अहिलेको १० दलीय गठबन्धनमा १० वटा टाउका रहेको भन्दै ओलीले लार्भा अवतारको संज्ञा दिए । उनले एमालेलाई एक्ल्याउने कोशिस भइरहे पनि एमालेले चलाएको ‘मिसन ग्रासरुट’ अभियानले आगामी निर्वाचनमा एक्लै ५१ प्रतिशत जित्न सहयोग पुग्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विकास निर्माणको काम एमालेले बाहेक अरु कसैले नगरेको भन्दै कांग्रेसले त नेपालका उद्योग कलकारखाना सिध्याउने काममात्र गरेका बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया