वसन्त कुँवर बने नेपाल प्रहरीको नयाँ आइजीपी
प्रकाशित मिति
२०७९ चैत्र १० गते, शुक्रबार ०५:०५

१० चैत्र २०७९, काठमाडौँ : सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका हुन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्। कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्। यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ।
आइजीपीका दाबेदार मानिएका एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएका छन्। कुँवर एआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए। ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाएका छन् । आइजीपी धिरजप्रताप सिंह आजैदेखि अवकाशमा जाँदै छन्।
प्रतिकृया