• 3:50 pm

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरमा

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार १०:२०

चैत २, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् ।


नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिकृया