प्रभु बैंकको संस्थापक सेयर ५ लाख कित्ता बिक्रीमा

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०९:५४

prabhu bank number e1621899626236

चैत २, २०७९, काठमाडौँ: बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।


सेयर खरिद गर्न चाहनेले आज (चैत २) गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् । सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।


उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिकृया