• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजबाट सुरु हुँदै

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०९:४२

चैत २, २०७९, काठमाडौँ: छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु हुँदैछ। ६ गतेसम्म सञ्चालन हुने निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नेछन्। कार्यक्रमको शुभारम्भ आज दिउँसो ३ बजे सिभिल मलमा हुनेछ। समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताए।


५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बताएकाे छ। यी चलचित्रको प्रदर्शन चारवटा काठमाडौँका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ।

Kamana Sewa

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ। उल्लेखित सिनेमा हलहरूमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ। यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया