अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी वचत खातामा विशेष योजना
प्रकाशित मिति
२०७९ फाल्गुन २४ गते, बुधबार ०२:२३
२४ फागुन २०७९, काठमाडौँ: सानिमा बैैकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘वचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत १ गतेसम्म लागू हुनेछ। योजनाअवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ् जारी गरिनेछ।
यसका साथै,उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ। सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो ।
सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login मा क्लिक गरी खोल्न सकिनेछ । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।
प्रतिकृया