• 3:44 pm

नेपालले अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’ को जिम्मा पायो

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ०२:५८

२४ फागुन २०७९, काठमाडौँ: नेपालले अतिकम विकसित देश (एलडीसी) को ग्लोबल समन्वय ब्यूरोको अध्यक्षको जिम्मेवारी पाएको छ । कतारको राजधानी दोहामा भएको अतिकम विकसित देशहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई ग्लोबल समन्वय ब्यूरोको नेतृत्व प्रदान गरेको हो ।


एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोह बीच नेपाललाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण हुनेछ । मार्च ५ तारिख अर्थात् गएको आइतवार देखि दुई दिनसम्म दोहामा भएको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।


सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो। सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ गएराति स्वदेश फर्केका छन् ।

प्रतिकृया