महेश बस्नेत र बालेन बीच भेटर्वाता
प्रकाशित मिति
२०७९ फाल्गुन २४ गते, बुधबार ०३:३४

२४ फागुन २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता भएको छ । आज विहान मेयर शाह बस्नेत भेट्न उनको निवास भक्तपुर स्थित गुण्डु पुगेका हुन् । भेटमा शाहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए ।
बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको उनले बताए। मेयर शाहले एमाले नेता बस्नेतको घरमा लन्चसमेत गरेका छन् । उनले सूर्यविनाय नगरपालिकामा भइरहेको विकास निर्माणका कार्यको अवलोकन समेत गरेका छन् ।
नेता बस्नेत र मेयर साहबीच भएका १५ वटा विषयहरु
१. वर्तमान राष्ट्रिय राजनीति,
२. मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३. मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४. सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५. कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६. हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७. सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८. भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९. केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०. मनोहरा प्लानिङ आयोजना,
११. स्मार्ट सिटी,
१२. भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३. प्राणी उद्यान केन्द्र,
१४. अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५. वातावरण प्रदुषण नियन्त्रण
प्रतिकृया