आज सुन-चाँदीको मूल्य घट्यो
प्रकाशित मिति
२०७९ फाल्गुन २४ गते, बुधबार ०२:०२

२४ फागुन २०७९, काठमाडौँ: नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो।
यता, बुधबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ १२ सय ६५ रुपैयाँ कायम रहेको थियो।
Related
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया