• २४ भदौ २०८३, बुधबार
  • २ः२२ राती

राष्ट्रपति भण्डारीको कार्यकाल नेपाली महिलाका लागि गर्वको विषय हो: केपी शर्मा ओली

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ०१:५७

२४ फागुन २०७९, काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्। अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए।

National Life

उनले भने, ‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेतृ जसले संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्नुभयाे। यो हामी नेपालीहरूका लागि गौरवको विषय हो। उहाँले नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ। र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ।’


अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने पनि बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया