• २५ भदौ २०८३, बिहीबार
  • ९ः४० बिहान

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपति निर्वाचनको बारेमा निर्णय हुने

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ०८:३२

२४ फागुन, २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसाे १ बजे बस्ने प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार राष्ट्रपति निर्वाचनका बारेमा निर्णय गर्न बैठक बाेलाइएकाे हाे ।

National Life

यसैगरी, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे थियाे ।


राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया