• १ असोज २०८३, बिहीबार
  • ५ः५३ बिहान

आज सुन-चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०७९ फाल्गुन २१ गते, आईतवार ११:११

२१ फागुन, २०७९, काठमाडौँ: आइतबार नेपाली सुनचाँदी बजारमा सुन-चाँदी को मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आ‍ज बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो। यस्तै, आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

National Life

यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको हो।

प्रतिकृया