प्रिमियर लिगमा आर्सनलको पुनरागमन जित
प्रकाशित मिति
२०७९ फाल्गुन २१ गते, आईतवार १०:५५

२१ फागुन २०७९, काठमाडौँ: इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित हाँसिल गरेको छ। गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराउँदै जित फर्काएको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जितेको हो। जितसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ। आर्सनल शीर्ष स्थानमा कायमै छ । खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता लिए। खेलको ५७औँ मिनेटमा मार्कोस सेनिसीले गोल गरी २–० को अग्रता बनाए।
तर खेलको ६२औँ मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औँ मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनलले नतिजा उल्टाएको हो।
Related
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया