• ५ साउन २०८३, मंगलबार
  • ३:४९ बेलुका

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार ०३:५५

९ फागुन २०७९, मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् ।


चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पु¥याएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पु¥याएका छन् ।

Kamana Sewa

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पु¥याएको छ ।

Classic Tech Desktop

प्रतिकृया