• ०८:१० २०८१ बैशाख ७ गते
  • 8:10 am

मेट्रो अटो सेण्टर दश बर्ष पुगेको अवसरमा समाजलाई ७५ हजार सहयोग

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ११:३२

Hero Honda prog photo

२९ माघ, २०७९, काठमाडौँ : नेपाल होण्डा मोटरसाईकल तथा स्कुटर भक्तपुर गठ्ठाघरको लागि अधिकृत बिक्रेता मेट्रो अटो सेण्टरले सेवाको दश बर्ष पुगेको अवसरमा मानव कल्याण समाजलाई रु ७५ हजार सहयोग गरिएको छ । आज गठ्ठाघरमा आयोजित दशौं बार्षिकोत्सब कार्यक्रममा मेट्रो अटो सेण्टरको तर्फबाट रु २५ हजार र स्याकार टेडिङ्ग कम्पनीका तर्फबाट रु ५० हजारको चेक समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंलाई हस्तान्तरण गरियो ।



सो सहयोग पुर्व उद्योगमन्त्री महेश बस्नेत, स्याकार टेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योती र स्याकारका बरिष्ठ जनरल म्यानेजर सोहन बहादुर श्रेष्ठले समाजका अध्यक्ष चौलागाईंलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री बस्नेतले ब्यबसायीका समस्या समाधानमा आफुले बिगत देखिनै सहयोग गर्दे आएको र आगामी दिनमा पनि ब्यबसायीका समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । स्याकार टेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतीले राजनीतिक स्थिरता बिना उद्योग ब्यबसाय क्षेत्रको बिकास र समृद्धि कठिन भएको बताउनुभयो ।कार्यक्रममा उदयपुर सिमेण्ट कारखानका जनरल म्यानेजर गोपी न्यौपाने,युवा उद्यमी नरेश रञ्जित लगायतले मेट्रो अटो सेण्टरको निरन्तर प्रगतिको कामना गर्नुभयो ।



मेट्रो अटो सेण्टर गठ्ठाघरका निर्देशक मिलन सिग्देलले दश बर्षे सफलताको अभियानमा सहयोग पुर्याउने सम्पुर्ण ग्राहक तथा भक्तपुरबासीमा ध्न्यवाद ज्ञापन गर्नुभयो । मेट्रो अटो सेण्टरका शारदा न्यौपानेले आगामाी दिनमा पनि सबैमा सहकार्य र सहयोगको लागि अनुरोध गर्नुभयो । दश बर्षको सफल कार्यकालको अवसरमा होण्डा मोटरसाईकल तथा स्कुटर खरिदमा ५ हजार नगद छुट र सर्भिस लेवर चार्जमा २५ प्रतिशत छुटको घोषणा गर्दै आकर्षक उपहार बितरण गरिएको थियो ।

प्रतिकृया