• १२ भदौ २०८३, शनिबार
  • ८:४४ बेलुका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बीत

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार ०१:०८

२७ माघ २०७९, काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएपछि मन्त्रालयले छानविनका लागि भन्दै उनलाई निलम्बन गरेको हो ।


यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।

Kamana Sewa

‘नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

Classic Tech Desktop

उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियारलाई आयोगलाई अनुरोध गरी पठाइने निर्णय पनि भएको प्रवक्ता राजेन्द्र कुमार केसीले जानकारी दिए ।

प्रतिकृया