• १२ भदौ २०८३, शनिबार
  • ३:१७ बेलुका

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार ११:०७

२७ माघ, २०७९, काठमाडौँ: नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बुधबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक ब्यवस्थापनका लागी प्रयोग गरिने सामाग्रीहरु हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज आयोजित एक कार्यक्रमका बिच नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक ब्यवस्थापनका लागी प्रयोग गरिने सामाग्री हस्तान्तरण गर्नु भएको हो ।


ट्राफिक ब्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा CCTV Monitoring लाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्युटरको CPU, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो । हस्तान्तरणकै क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागी ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Kamana Sewa

ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण पश्चात् काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अध्यक्ष ध्रुव थापा लगायत अन्य पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै, बढ्दो ट्राफिक समस्या समाधान तथा न्युनिकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच भविष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडी बढ्ने सहमति समेत भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्‍ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया