• ११ भदौ २०८३, शुक्रबार
  • १२:१८ बेलुका

टर्की भूकम्प अपडेटः मृत्यु हुनेको संख्या २० हजार पुग्यो

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार १०:३९

२७ माघ २०७९, काठमाडौँ: टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या २० हजारभन्दा बढी पुगेकाे छ । समाचा‍र एजेन्सी राेयटर्सका अनुसार भूकम्पमा परी मृत्यु भएकाे २० जार मध्ये १७ हजार टर्कीका रहेका छन् भने तीन हजारभन्दा बढी सरियाका रहेका छन् ।


टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको थियाे। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्‍याएकाे छ। यद्यपि, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ ।

Kamana Sewa

भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो । दुवै देशमा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ । यसैबीच, भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि अत्यधिक चिसो नयाँ चुनौती बनेको छ। यहाँ बस्ने ठाउँका साथै खानेकुराको चरम अभाव छ ।

Classic Tech Desktop

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै नआएको उल्लेख गर्दै विशेषगरी सिरिया केही वर्षदेखि गृहयुद्धबाट पीडित र पहिलेदेखि नै दुःखको सामना गरिरहेको बताएका छन् ।

प्रतिकृया