• २६ भदौ २०८३, शुक्रबार
  • ६ः४३ बिहान

कनेक्ट आइपीएस मार्फत गरिने राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ११:०६

११ माघ २०७९, काठमाडौँ: नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आरपीएस/कनेक्ट आइपिएसको माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । आरपीएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजारसम्मको भुक्तानीमा २ र सो भन्दा माथी २० लाख सम्मको भुक्तानीमा ५ कारोबार शुल्क लागू हुनेछ ।

National Life

हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरु मार्फत सरकारी राजस्व भुक्तानीका ११४ अर्ब बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् । एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरु डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २० प्रतिशत जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । आगामी वर्षहरुमा यस्ता अनलाइन संकलन अझै बृद्धी हुने अपेक्षा गरिएको छ ।


सरकारी राजस्व संकलनका निम्ति विभिन्न निकायहरुमा कनेक्टआईपिएस गेटवेको रुपमा पनि जोडिएको छ । हालै सो गेटवेमा मोबाइल बैंकिङ्ग वा वालेट एप मार्फत पनि स्क्यान गरी भुक्तानी गर्न सकिने गरी नेपाल पे क्युआर जडान गरिएको छ । भुक्तानीकर्ताले सरकारी राजस्व संकलन गर्ने निकायहरुका वेबसाइटबाट प्राप्त भएको कारोबार संकेत नम्बरको आधारमा आरपीएससँग जोडिएका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेटको एप, कनेक्टआईपिएसको वेबसाइट वा मोबाइल एप, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाहरु मार्फत सो भुक्तानी गर्न सक्दछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस, एनपीआइ, कर्पाेरेट पे तथा नेशनल पेमेन्ट स्वीच अन्र्तगत रिटेल पेमेन्ट स्वीच र नेपाल पे क्युआर लगायतका विभिन्न प्रणाली तथा च्यानलहरु सञ्चालन गर्दै आएका छन् । एनसीएचएलले ५५ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ६ हजार २०० शाखाहरुबाट आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ८० भन्दा बढी गैर–बैंकिङ संस्थाहरु इनडाइरेक्ट, टेक्निकल मेम्बरको रुपमा आवद्ध छन् ।

प्रतिकृया