• २६ भदौ २०८३, शुक्रबार
  • ७ः३२ बिहान

प्रेम आचार्यकाे आत्मदाहमा हामी दाेषी छाैँ: रवि लामिछाने

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ११:००

११ माघ, २०७९, काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यकाे आत्मदाह गर्ने निर्णय फेर्न नसकेकाेमा हामी दाेषी रहेकाे बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्।

National Life

उनले हामीजस्ता नयाँहरूकाे आगमनले समेत तपाईंमा आशा जगाउन नसकेकाले माफी समेत मागेका छन्।


गृहमन्त्री लामिछानेले ट्वीटरमा लेखेका छन्,’आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दु:ख त यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्यजी, नयाँ दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला।’

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार दिउँसाे आत्मदाहकाे प्रयास गरेका आचार्यकाे कीर्तिपुर अस्पताल उपचारकाे क्रममा आज बिहान मृत्यु भएकाे हाे ।आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।

प्रतिकृया