• ३१ साउन २०८३, आइतबार
  • ५:२८ बिहान

मोन्टी देशाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय

प्रकाशित मिति

२०७९ माघ ८ गते, आईतवार ०४:५८

८ माघ, २०७९, काठमाडौँ: नेपाल क्रिकेट संघ क्यानले मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय भएको छ। क्यानको मुख्य प्रशिक्ष छनोट समितिले भारतीय प्रशिक्षक देशाईलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।


क्यानका प्रबन्धक वृत्तान्त खनालले नेपाल भ्युजसँगको कुराकानीमा भने,‘समितिले संयुक्तरूपमा हेर्दा मोन्टी देशाई नै राम्रो पायौँ। हामीले उनको नाम माथिल्लो तहलाई प्रस्ताव गरेका छौँ।’ यसबारे क्यानले औपचारिक घोषणा भने गर्न बाँकी छ।

Kamana Sewa

सन् २०१७ मा देशाईले नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवरी निर्वाह गरेका थिए । देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाली क्रिकेट टिमका लागि पनि काम गरेका थिए ।

Classic Tech Desktop

कुल २४ जनाले दिएको आवेदनबाट उत्कृष्ट ५ निवेदकको अन्तवार्ता लिइएको थियो।

प्रतिकृया