• ३१ साउन २०८३, आइतबार
  • १२:२९ बिहान

भृकुटीमण्डपमा “नेपाल इलेक्ट्रिक पावर लाइट्स” तथा “नेपाल फर्मा एन्ड हेल्थ” प्रदर्शनी हुँदै

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ११:२२

६ माघ, २०७९, काठमाडौँ: यही मिति २०७९ माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा ’नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी“ तथा “नेपाल फर्मा एन्ड हेल्थ“ प्रदर्शनी हुँदै छ । यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथाफार्मेसीसँगसम्बन्धितप्रदर्शनीहो जुन मिडिया स्पेस सोलुसन्स ( एम. एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि. को संयोजकत्वमा आयोजना हुन लागेको हो ।


स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढीकम्पनीहरुको स्टल तथा यस क्षेत्रमाकार्यरत व्यवसायीतथा संस्थाहरुको व्यापक सहभागिता रहने उक्तप्रर्दशनीको उद्घघाट श्री राजेन्द्र प्रसाद लिङ्देन, माननीय उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीद्वारा माघ ६ गते बिहान १०ः३० बजे भएको थियो ।

Kamana Sewa

प्रतिकृया