चार वटै ट्रेड युनियनद्धारा नेपाल टेलिकमको ध्यानाकर्षण
प्रकाशित मिति
२०७९ माघ ६ गते, शुक्रबार ११:०१
६ माघ, २०७९, काठमाडौँ: सरोकारवला संस्थाहरु NTEAN, NTCWU, NTEU को केन्द्रीय समितिका महासचिवहरुले मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२:०० बजे देखी GSM MOBILE तथा PSTN सेवाहरु केही समय पूर्ण रुपमा अवरुद्ध भई सेवाग्राहीहरुले भोग्नु परेको सास्ती र कम्पनीले व्यहोरेको क्षतिप्रति आफ्नो गम्भिर ध्यानाकर्षण गराएको छ । मन्त्रीमण्डल विस्तार तथा नव नियुक्त माननीय मन्त्रीज्यूहरुको शपथ ग्रहण कार्यक्रम रहेको महत्वपूर्ण समयमा कम्पनीका सेवाहरु अवरुद्ध हुनु सामान्य विषय नभएको पनि विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “कम्पनीका अवरुद्ध सेवाहरु हालसम्म पनि पूर्ण रुपमा चुस्त, दुरुस्त र नियमित हुन नसक्नुले कम्पनी व्यवस्थापनको कार्यशैली र कार्यक्षमता माथि गम्भीर प्रश्न खडा भएको छ । विगतमा पनि यस प्रकारका समस्याहरु आउने गरेको र त्यस्ता समस्या भविष्यमा आउन नदिन आन्तरिक रुपमा छानविन समिति गठन भै प्रतिवेदन तयार हुने तर प्रतिवेदनको कार्यान्वयन एवं दोषी उपर कारवाहीमा तदारुकता नदेखाउनुले सम्बन्धित पक्षको कम्पनीमा जिम्मेवारीबोधको कमी र दण्डहिनता बढेको हाम्रो ठहर छ ।”
विज्ञप्तिमा भनिभएको छ, “मिति २०७४ माघ ०३ गते अपरान्ह करीव १२:०० बजे देखि कम्पनीका GSM MOBILE तथा PSTN सेवाहरुमा समस्या देखिएको सन्दर्भमा कुन सिष्टम र के कस्ता कारणले समस्या देखिन गएको हो ? कम्पनिले के कति क्षति ब्यहोरेको छ ? यो कस्को जिम्मेवारी र दायित्वको विषय हो ? जस्ता विषयमा प्रष्ट रुपमा खोजविन गरी आगामी दिनमा यस्ता समस्याहरु दोहरिन नदिन उचित BACK UP तथा Preventive Measure अपनाउन, बिशेषज्ञ टीम तयार पारी कार्य अगाडी बढाउन र छानविन गरी यस्ता कार्यमा दोषी देखिएमा दोषिउपर हदैसम्मको कारवाही गरी क्षतिपूर्ति असुलउपर गर्न जोडदार माग गर्दछौं ।”

वर्तमान प्रतिस्पर्धाको यस समयमा देशभरी नै सर्वसुलभ र भरपर्दो दूरसञ्चार सेवा पुयाउनु पर्ने दायित्व भएको यस संस्थामा यस प्रकारका घटनाहरु बारम्बार नदोहरिने गरी सिष्टम र सेवाहरुको प्राविधिक परिक्षण गराउन हुन समेत सो समूहले ध्यानाकर्षण गराएको छ ।





प्रतिकृया