• ३० साउन २०८३, शनिबार
  • ११:१८ बेलुका

रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ११:३६

६ माघ, २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। उनी सत्ता साझेदार दलकी साझा उम्मेदवार हुन्।


मगर रास्वपाकी समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो।

Kamana Sewa

संसद सचिवालयका अनुसार बिहीबार उपसभामुखका लागि मनोनयन दर्ता गराउने कार्यसूची छ। बुधबार भएको निर्वाचनमा सभामुखमा भने देवराज देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

Classic Tech Desktop

प्रतिकृया