• ११ असोज २०८३, आइतबार
  • ९ः३९ राती

दिनेश राजवंशीसहित तीन राष्ट्रिय फुटबलर अस्ट्रेलिया प्रस्थान

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार १२:२७

३ माघ, २०७९, काठमाडाैं : नेपाली राष्ट्रिय फुटबल टिमबाट नियमित फुटबल खेलिरहेका खेलाडीको पलायन क्रम रोकिएको छैन्। पछिल्लो दुई वर्षमा करिब १५ भन्दा बढी फुटबलर अस्ट्रेलिया प्रस्थान गरिसकेका छन्। मंगलबार त्यहि लहरमा थप तीन राष्ट्रिय खेलाडी थपिएका छन्। जसमा डिफेन्डरहरु दीनेश राजवंशी र गौतम श्रेष्ठसँगै मिडफिल्डर तेज तामाङ सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

National Life

अखिल नेपाल फुटबल संघले समयमा लिग तथा प्रतियोगिता गर्न नसक्दा तथा खेलाडीले राम्रो देशमा अवसर पाउँदा पलायन रोकिएको छैन्। अझै अस्ट्रेलियाको लाइनमा धेरै खेलाडीहरु रहेको एन्फा स्रोतले बतायो। निरन्तर उत्कृष्ट खेलाडीहरु विदेशिएपछि ए डिभिजन क्लबहरुलाई देशभित्रबाट राम्रा फुटबलर जम्मा गरेर टिम बनाउननै सकस हुँदै गएको छ।


नेपालबाट अस्ट्रेलिया पुगेका खेलाडीहरुले स्थानिय प्रतियोगितासँगै नेपाली मूलका अन्य खेलाडीसँग विभिन्न क्लबमा खेल्दै आएका छन्। अष्ट्रेलियाको व्यवसायिक लिगमा भने नेपाली खेलाडीले मौका पाएका छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया