नेप्से २.१६ प्रतिशतले बढ्याे
प्रकाशित मिति
२०७९ पुष २५ गते, सोमबार ०३:४७
२५ पुस २०७९, काठमाडौँ: आज पनि सेयर बजार चम्किएको छ। नेप्से २.१६ प्रतिशतले बढेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेकाे छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.६१ अंकले बढेर ४१९.८४ विन्दुमा पुगेकाे छ ।
कूल २५७ वटा कम्पनीकाे एक कराेड ४६ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । हाेटल तथा पर्यटन उपसमूहकाे सेयर मात्रै घटेकाे हाे । साेमबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ६८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये, अधिकांश हाइड्राेपावर रहेका छन् । बरूण हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, छ्याङ्दी हाइड्राेपावर, जाेशी हाइड्राेपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिङ्गटी हाइड्राेपावर, खप्तड लघुवित्त, राधी विद्युत, बाराही हाइड्राेपावर, पिपुल्स हाइड्राेपावर लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ३.५७ प्रतिशतले घटेर एक हजार ५ सय ९५ रूपैयाँमा झरेकाे छ ।
प्रतिकृया