• 5:55 am

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार ०४:११

२५ पुस २०७९, विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।


नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै आफ्नो मन्त्रिपरिषदमा तीन सदस्य नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।


नवनियुक्त मन्त्रीहरुमा तिलकुमार मेयाङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरुलाई अहिले विभागीय जिम्मेवारी भने दिइएको छैन ।

प्रतिकृया