• ३० भदौ २०८३, मंगलबार
  • १२ः५६ राती

सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार ०३:२२

२५ पुस २०७९, काठमाडौँ: सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । सिबिआईएल क्यापिटल लिमिटेडका सञ्चालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारण सभाबाट नियुक्त भएका सञ्चालकहरु मध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनित भई संस्थाको संचालक सदस्य रहेका पारस कुमार काफ्लेलाई कम्पनीकाे पाैष २४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले अध्यक्ष पदमा नियुक्ति गरेको हाे ।

National Life

उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडकाे तर्फबाट अन्य सञ्चालकहरु राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी सञ्चय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।


नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.बि.आई.एल.क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया