• 9:07 am

आँधिखोला लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारणसभा

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार १०:४२

२२ पुष, २०७९, काठमाडौँ : आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको छैठौँ बार्षिक साधारणसभा माघ १३ गते होटल गाँउबेशीको सभाहल वालिङ स्याङ्जामा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।


लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।


लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया