• 2:31 pm

आजको मौसम : तराईका अधिकांश भूभागमा कुहिरो

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार १०:४२

२२ पुस २०७९, काठमाडौँ: देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ।


विभागले तराईका धेरै भू-भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही पश्चिम र मध्य तराइका धेरै भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ।


महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ।

प्रतिकृया