• ११ असोज २०८३, आइतबार
  • १०ः३२ राती

इसेवा मनी ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियानमा आकर्षण बढ्दै

प्रकाशित मिति

२०७९ पुष १५ गते, शुक्रबार ०२:१६

१५ पुष, २०७९, काठमाडौँ: विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनी ट्रान्स्फरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ। वैधानिक माध्यमबाट आउने रेमिटेन्स प्रवर्द्धन गर्न इसेवा मनी ट्रान्स्फरले यो अभियान सुरू गरेको जनाएको छ। हाल यो अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ। नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम बढ्दै गएको कम्पनीले जनाएको छ। यो अभियान आगामी चैत ६ गतेसम्म सञ्चालनमा हुनेछ।

National Life

अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाएर सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। साथै, विदेशबाट आएको नगद रेमिटेन्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिने बताइएको छ। अभियानमा सहभागी भइ इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर पाउने इसेवा मनी ट्रान्स्फरले जनाएको छ।


‘आर्थिक विकास बिना कुनै पनि राष्ट्र सम्मुन्नत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका नेपालीको योगदान महत्त्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यो अभियान सञ्चालन गरेको हो। मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिटेन्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्‍याउन यस अभियानले मद्दत गर्छ,’ इसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने।

Classic Tech Mobile
Classic Tech Desktop

यो अभियानमा नायक राजेश हमाल पनि जोडिएका छन्। हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिटेन्ससम्बन्धी जागरुकता जगाउने काममा सक्रिय छन्। यस्तै, नायिका स्वस्तिमा खड्का पनि यस अभियानको प्रचार/प्रसारमा क्रियाशील रहेको कम्पनीले जनाएको छ। इसेवा मनि ट्रान्स्फरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

प्रतिकृया