• २ असोज २०८३, शुक्रबार
  • ३ः४७ दिउँसो

विश्वकप फाइनल: उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार १०:५२

३ पुष, २०७९, काठमाडौँ: फिफा विश्वकपको आज औपचारीक समापन हुँदै छ। कतारमा जारी फिफा विश्वकपको बहुप्रतिक्षित फाइनल आज (आइतबार) राति ८:४५ मा सुरु हुनेछ। फाइनलमा साविक विजेता फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्दै समग्रमा तेस्रो उपाधिको लागि मैदान उत्रिँदा २०१४ को फाइनलिस्ट अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप फाइनलको उपाधिका लागि मैदानमा हुनेछ।

National Life

कतारस्थित सर्वाधिक धेरै दर्शक क्षमता भएको लुसैल रंगशालामा हुने फाइनल खेलमा करिब ८९ हजार दर्शक उपस्थित हुने छन्। यसअघि शनिबार राति तेस्रो स्थानको खेल सम्पन्न भइसकेको छ। जहाँ मोरक्कोलाई हराउँदै क्रोएसिया च्याम्पियन बनेको थियो। विश्वकपमा लगातार दोस्रो पटक फाइनल प्रवेश गर्ने क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेको थियो।


विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो। यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो। फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो। यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

फ्रान्सले गत संस्करणमा अर्जेन्टिनालाई नकआउटचरणमानै सनसनिपुर्ण खेलमा ४-३ ले पराजित गर्दै उपाधि सम्मको यात्रा तय गरेको थियो। उसले फाइनलमा क्रोएसियालाई ४-२ ले हराएर दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।

प्रतिकृया