• १२ असोज २०८३, सोमबार
  • ११ः४३ बिहान

ब्राजिललाई पेनाल्टीसुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति

२०७९ मंसिर २४ गते, शनिबार ०६:४७

२४ मंसिर २०७९, काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको हो।

National Life

क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४– २ ले पराजित गरेको हो। यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए।

प्रतिकृया