• ३१ भदौ २०८३, बुधबार
  • १०ः३१ राती

जर्मनी कतार विश्वकपको समूह चरणबाटै बाहिरियो

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार ०६:३१

१६ मंसिर २०७९, काठमाडौं : कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै जर्मनी कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेल जिते पनि जर्मनी समूह ईको अंक तालिकामा तेस्रो स्थानमा भएकाले समूह चरणबाटै बाहिरिएको हो। जर्मनीले ३ खेलमा ४ अंक मात्र जोड्न सकेको हो।

National Life

गएराति भएको रोचक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिएका थिए। पहिलो हाफमा १ शून्यले अगाडि रहेको जर्मनीले थप तीन गोल दोस्रो हाफमा गरेको हो। खेलको ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ को बराबरीमा फर्काएका थिए।


७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाएका थिए। खेललको ७३ औं मिनेटमा काइ हार्भट्जले जर्मनीलाई २–२ को बराबरीमा फर्काए। खेलको ८५ औं मिनेटमा हार्भट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए। खेल एक मिनेट बाँकी हुँदा जर्मनीका लागि निकलस फुल्करुगले थप एक गोल गरे। यो समूहमा स्पेन ४ अंक जोडे पनि गोल अन्तरमा अघि रहदै उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया