• ४ साउन २०८३, सोमबार
  • ९:२१ बेलुका

क्यानडालाई हराउँदै मोरक्को नकआउट चरणमा

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार ०६:२४

१६ मंसिर २०७९, काठमाडौँ : कतारमा जारी फिफा विश्वकपमा मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राती भएको खेलमा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै मोरक्को समूह एफको विजेता समेत बन्यो ।


मोरक्को जितमा हाकिम जिएच र युसेफ नसरीले गोल गरे। भने मोरक्को डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गरेका थिए । पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले पराजित गरेको थियो। क्यानडा भने पहिलो खेलमा बेल्जियमसँग १–० र दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले पराजित भएको थियो।

Kamana Sewa

प्रतिकृया