• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०६:२१

१४ मंसिर २०७९, काठमाडौँ : नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो ।


नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो ।

Kamana Sewa

यस्तै आज भएको अर्को खेलमा इक्वेडरलाई हराउँदै सेनेगल पनि नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे ।

Classic Tech Desktop

प्रतिकृया