• १३ असोज २०८३, मंगलबार
  • ८ः४७ बिहान

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०२:२०

१३ मंसिर २०७९, काठमाडौं : जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी कन्काई नगरपालिका-४ बस्ने ७७
वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

National Life

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।

प्रतिकृया