• १३ असोज २०८३, मंगलबार
  • ९ः३१ बिहान

नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०२:४१

१३ मंसिर २०७९, काठमाडौं : नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गराएको हो।

National Life

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माणमा भ्रष्टाचार भएको भन्ने उजुरीको सम्बन्धमा छानबिन गर्दा उपभोक्ता संस्थालाई बद्नियतपूर्वक कामै नभएको अवस्थामा पनि झुटा बिल बनाई गलत भुक्तानी दिई-लिई भएकाले भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारले जनाएको छ।


अख्तियारले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका तत्कालीन सिडिई मदनमोहन झा र तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्र्यविरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल–उपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोरप्रसाद विरुद्ध पनि जनही ५ लाख ६१ ह्जार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रबक्ता शयामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिकृया