• १२ असोज २०८३, सोमबार
  • २ः३५ राती

कतार विश्वकप फुटबल: आज चार खेल हुँदै

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार १२:४८

११ मंसिर २०७९, काठमाडौँ: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आइतबार चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई-दुई खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ।

National Life

उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ . यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।


यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को गोलअन्तरमा पराजित भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।


मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो। विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ।


समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन्। पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो।


त्यस्तै, आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’काे जर्मनीले स्पेनको सामना गर्नेछ . उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा हार बेहाेरेकाे जर्मनी पहिलो जितको खोजीमा हुनेछ।


तेस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ। कतारमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिकृया