• १० असोज २०८३, शनिबार
  • १०ः३४ राती

एन्फाद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ११:१८

८ मंसिर २०७९, काठमाडौँ : अखिल नेपाल फुटबल संघ९एन्फा०ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकसहित विभिन्नन ६ पदका लागि दरखास्त आह्वान गरेको छ। एन्फाले बिहीबार दरखास्त आह्वान गरेको हो। एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

National Life

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली नेपालका प्रशिक्षकहरूलेनै समाल्दै आएका थिए। नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई टिमको प्रशिक्षणको जिम्मेवारी दिउको थियो।


त्यस्तै एन्फाले टेक्निकल डिरेक्टर र फाइनेन्स डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ। त्यस्तै, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया