• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

गोकुल बाँस्कोटा अग्रता बढाउँदै, अहिलेसम्म कति पाए मत ?

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०८:०९

८ मंसिर २०७९, काठमाडौँ : काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मत बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २१ हजार ८१९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २० हजार ८४८ मत ल्याएका छन्।


बाँस्कोटा ९७१ मतले अघि छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार २ सय ६२ मतसहित तेस्रो स्थानमा छन्। काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।

Kamana Sewa

प्रतिकृया