• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

काठमाडौं ४ मा गगन थापा दुई हजार ७११ मतान्तरले अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०६:५३

६ मंसिर २०७९, काठमाडौं : काठमाडौंको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राखेका छन् । बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार सात सय ११ मतले अग्रता लिएको हो। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार २५ हजार नौ सय ६३ मतगणना हुँदा थापाले ११ हजार नौ सय ८८ मत प्राप्त गरेका छन् ।


उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार डा राजन भट्टरार्ईले नौ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपा उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले एक हजार १११ मत प्राप्त गरेका छन्।

Kamana Sewa

काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बुढानीलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको मतगणना सकिएको छ । अहिले प्रदेशसभा १ अन्तर्गतका काठमाडौँ महानगरपालिका अन्तर्गतका वडा नम्बर १, ७, ८ र ३० को गणना सुरु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया