• ११ असोज २०८३, आइतबार
  • ८ः५७ राती

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०७:१६

३० कात्तिक २०७९, काठमाडौं : पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् ।

National Life

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो । यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।


आवास लामिछानेको राष्ट्रिय टिममा डेब्यु

Classic Tech Mobile
Classic Tech Desktop

फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् ।उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।


गत सिजन ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेको र क्षमता भएको खेलाडी भएकाले आवासलाई टिममा राखेको प्रशिक्षक प्रवेश कटुवालले बताएका थिए । आवासले एपीएफ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

प्रतिकृया