• 2:56 pm

युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा

प्रकाशित मिति

November 13, 2022

२७ कात्तिक २०७९,काठमाडाैं : युनाईटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

प्रतिकृया