• 4:11 pm

बायर्न शीर्ष स्थानमा कायम

प्रकाशित मिति

November 13, 2022

२७ कात्तिक २०७९, एजेन्सी : एरिक म्याक्सिम चुपो मोटिङले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले साल्केलाई हराउँदै शीर्ष स्थानमा रहन सफल भएको छ । शनिबार बायर्नले साल्केलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो ।


खेलको ३८ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पछिल्ला ९ खेलमा उनको यो १० औँ गोल हो ।


बायर्नले सबै प्रतियोगितामा १० खेलमा जीतमा हासिल गरेको छ । लिगमा उसको यो लगातार छैटौँ जीत हो । १५ खेलपछि बायर्नको ३४ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको २८ अङ्क रहेको छ । लेइपजिगले शनिबार नै वेर्डर ब्रेमेनलाई २–१ गोलले हराएको थियो ।

प्रतिकृया