• १ असोज २०८३, बिहीबार
  • ८ः५७ बिहान

विनायकका छात्राहरुले भक्तपुर प्रिन्सेस अवार्ड जित्न सफल

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०३:३३

२४ कात्तिक २०७९, काठमाडौँ : हरेक विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि उचित अवसर र ठाउँ दिनु पर्दछ भन्ने कुरालाई स्थापनाकालदेखि मनन गरी एक विद्यार्थी कम्तीमा एक सीप भन्ने कुरालाई आत्मसात् गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतनका दुई विद्यार्थीहरुले princess भक्तपुरको अवार्ड जित्न सफल भएका छन्। यही कार्तिक २३ गते प्रज्ञाभवन कमलादीमा भक्तपुर प्याब्सनद्वारा आयोजित प्याब्सन prince and princess प्रतियोगितामा विनायक शिक्षा निकेतनबाट भाग लिएका दुवैजना छात्राहरुले उपाधि चुम्न सफल भएका छन् ।

National Life

सिनियर र जुनियर छुट्टाछुट्टै विधा समावेश गरी आयोजना गरिएको उक्त कार्यक्रममा बिनायककी छात्रा आकृति बुढाथोकी Pabson princess अन्तर्गत सेकेन्ड रनर अप तथा Miss confident उपाधि र छात्रा एन्जिला खड्गीले Miss Photogenic उपाधि चुम्न सफल भएका कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेम निरौलाले बताउनुभयो ।


हरेक विद्यार्थी भित्र काे क्षमता बाहिर निकाल्ने उपयुक्त अवसर र समयलाई पहिचान गरी विद्यार्थीको रुचि क्षमताअनुसार हौसला र प्रेरणा दिनु विद्यालयको कर्तब्य ठानी स्थापनाकालदेखि नै विद्यालयले हरेक विद्यार्थीलाई अवसर प्रदान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार हासिल गर्न सकेको कुरा बिद्यालयको सम्मान समारोहमा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो। साथै सम्पूर्ण विद्यार्थीहरुले समेत अवार्ड विजेता विद्यार्थीहरुलाई हाैसलास्वरुप तालीले सम्मान गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया