राससकर्मी कृष्ण सापकोटाका पिता प्रजातन्त्र सेनानी तिलकप्रसाद सापकोटाको निधन
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०३:५२

२४ कात्तिक २०७९, काठमाडौँ : राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व तिलकप्रसाद सापकोटाको आज निधन भएको छ । विसं २००१ माघ १७ गते बागलुङको दमेकमा जन्मिनुभएका सापकोटा गैँडाकोट नगरपालिका वडा नं ८ मा बसोबास गर्दै आउनुभएको थियो ।
दम रोगका कारण विगत तीन वर्षदेखि समस्या भोग्दै आउनुभएका सापकोटामा थप समस्या देखिएपछि मङ्गलबार दिउँसो १ बजे भरतपुर अस्पताल ल्याइएको थियो । राति सेन्ट्रर अस्पताल लगिएका उहाँको आज बिहान ११ः४५ बजे निधन भएको परिवारले जानकारी दिएको छ ।
बागलुङ हुँदै नवलपरासीलाई आफ्नो राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आउनुभएका नेपाली कांग्रेसका पुराना नेता सापकोटाका दुई श्रीमती, सात छोरा र चार छोरी हुनुहुन्छ । छोराहरू देशबाहिर रहेकाले उहाँको अन्त्येष्टि शुक्रबार या शनिबार गरिने परिवारिक स्रोतले जनाएको छ ।
प्रतिकृया