• १ असोज २०८३, बिहीबार
  • ११ः१८ बिहान

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार ०३:२१

२४ कात्तिक २०७९, काठमाडौँ : कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम सहित जोशीपुर गाउँपालिका-२ बडरिया बस्ने २३ वर्षीय रोहन मिश्रलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

National Life

कास्की, पोखरा महानगरपालिका-२७ अर्घौ चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल, डाइजेपाम ३२ एम्पुल र नगद १२ हजार रुपैयाँ सहित सोही महानगरपालिका-३० तावामुख बस्ने ३५ वर्षीय हेमन्त थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१७ प ५७७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक हेमन्तलाई पक्राउ गरेको हो ।


बझाङ, जयपृथ्वी नगरपालिका-७ सुबेडा घर भई सोही नगरपालिका-९ सिमखेत बसपार्कमा जगदम्बा होटल गरी बस्ने ५४ वर्षीया जगु गिरीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ६० ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १२ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-१० बस्ने २४ वर्षीय सौगात राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित मेचीनगर नगरपालिका- १३ चारआली बस्ने २३ वर्षीय सन्दीप गौतम समेत दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


तनहुँ, आँबुखैरेनी गाउँपालिका- ४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५९ एम्पुल, फेनारगन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल सहित व्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिन
पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।


पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ३ सय ९८ पिस सहित ललितपुर,ललितपुर महानगरपालिका-१४ बस्ने ४४ वर्षीय रमेश चित्रकार र उनकी श्रीमती ३० वर्षीया मिना घलेलाई बुधबार राति
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया