नेपाल लाइफको बीमालेख नवीकरण गराउने म्याद थपियो
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०२:३४

२४ कात्तिक २०७९, काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ । कार्त्तिक २४ गतेसम्म रहेको उक्त म्याद थपेर कार्त्तिक ३० गतेसम्म पुर्याएको हो । यससँगै बीमितले सो अवधिभित्र व्यत्तित बीमालेख नवीकरण गराउन सक्ने छन् । र, सो समयभित्र नवीकरण गराउँदै बीमाशुल्क ब्याजमा ३५ प्रतिशत छुट समेत पाइने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले २०७७ कात्तिक १५ गतेदेखि २०७९ कात्तिक १४ गतेसम्मको बीमालेख नवीकरण गराएमा लाग्ने बीमाशुल्क ब्याजमा बीमितलाई ३५ प्रतिशत छुट दिने भएको हो ।यससँगै उक्त अवधि अर्थात विगत २ वर्ष यताको व्यतित बीमालेख आगामी कार्त्तिक २४ भित्रमा नवीकरण गराउँदा बीमितले सो मात्राको छुट पाउने छन् ।
तर दुई वर्षभन्दा बढी समयदेखि निष्क्रिय भएका बीमालेखमा भने यो छुट लागू नहुने कम्पनीले स्पष्ट खुलाएको छ । त्यस्तै, बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात एक पटक छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः छुट नदिइने इन्स्योरेन्सले जानकारी गराएको छ ।
प्रतिकृया